• ३ आश्विन २०७७, शनिबार
हावाहुरीबाट सप्तरीमा घर र पोलमा ८७ लाखको क्षति
  • स्टुडियाे संवाददाता

 

लगातार आएको हावाहुरीका कारण सप्तरी जिल्लाको बिभिन्न स्थानका बिधुतिय पोल र तार चुडिएको छ भने ११ व्यक्तिको घरको छाना उडाउँदा लाखौंको धनमालको क्षति भएको छ ।

सप्तरीको विभिन्न स्थानमा बिधुतको पोल तथा तार चुडिदा ८० लाख मुल्री बराबरको क्षति भएको छ । ११ केभी हैइभोल्टेज ५५ पोल सहित सयौ पोल भचिएको बिधुत प्राधिकरण राजबिराजका प्रमुख चन्द्रनारायण शाहले जानकारी दिनुभयो ।

यता सप्तरीको विभिन्न ठाउँमा ११ व्यक्तिको हावाहुरीका कारण सात लाख मुल्य बराबरको क्षति भएको छ ।

 

बिहिवार राती सप्तरीको बोदेबर्साईन नगरपालिका ७ बर्साईन टोलका विरजु मण्डल, चन्देश्वर प्रसाद यादव, बिरेन्द्र प्रसाद साह, संजिव मण्डल, श्रवण साह, राधादेवी साह, सूर्यनारायण साह, निरसीदेवी साह, रुपनी गाउँपालिका ५ बसबिट्टीका शिवनारायण खंग र महदेवा गाउँपालिका १ पकरीका शिवनरायण यादवको घरमा क्षति पुगेको हो ।

ती व्यक्तिहरुको घरको छाना तथा घर भित्र रहेको अन्नपात समेत हावाहुरीले उडाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

 

हवाहुरीबाट सप्तरीको सुरुङ्गा नगरपालिकामा ४ , बिरनगरमा ६, खड्क नगरपालिकामा ५ पोल , छिन्नमस्तामा ४ ,डाक्नेश्वरीमा ९ र बोदेबर्साईनमा ८ लोभोल्टेजका पोल साथै अन्य ठाउँमा सयांै पोल भाचिएको प्रमुखले जानकारी दिनुभयो ।

त्यसैगरी अबरुद्ध भएको बिधुत लाइन सुचारु गर्न प्रयास भईरहेको जनाएको छ ।

  • १९ जेष्ठ २०७६, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech