• ६ आश्विन २०७७, मंगलवार
छतबाट लडेर उदयपुरमा १ को मृत्यु
  • स्टुडियाे संवाददाता

 

उदयपुरको चौदण्डीगढी नगरपालिका-६ पुष्पलाल चोकमा शनिवार घरको छतबाट लडेर १ जनाको मृत्यु भएको छ ।

बिहान सवा ८ बजे छतमा लुगा सुकाउने क्रममा ३ तले घरबाट लडेर बर्ष ३६ की अनिता भन्ने रेमनीदेवी साह घाइते भएकी थिईन ।

गम्भीर घाइते भएकी साहलाई उपचारको लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र बेल्टार हुँदै थप उपचारको लागि धरान पठाईएकोमा उपचारको क्रममा बिहान सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

  • १९ जेष्ठ २०७६, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech