• ८ आश्विन २०७७, बिहीबार
२ नम्बर प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
  • स्टुडियाे संवाददाता

 

प्रदेश २ सरकारले आइतबार नीति तथा कार्यक्रम ल्याउँदै छ। आर्थिक वर्ष ०७६/७७ का लागि नीति तथा कार्यक्रम आउन लागेको हो।

प्रदेश सरकारको नीति तथा कार्यक्रमका लागि अपराह्न १ बाजे बैठक आह्वान गरिएको प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले जानकारी दिए।

प्रदेशसभामा प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन्।

चालू आर्थिक वर्षमा कृषिलाई पहिलो प्राथमिकतामा राखेको प्रदेश सरकारले आर्थिक वर्षमा पनि कृषिलाई नै पहिलो प्राथमिकतामा राखेको जनाएको छ ।

गत वर्ष प्रदेश सरकारले ‘हरेक खेतमा पानी, हरेक हातमा काम’ नारा दिँदै नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो । यस वर्षको नीति तथा कार्यक्रममा बालबालिकाको स्वास्थ्य र महिलाका लागि विशेष कार्यक्रम तय गरिएको बताइएको छ ।

  • १९ जेष्ठ २०७६, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech