• २ आश्विन २०७७, शुक्रबार
सप्तकोसी नगर प्रमुखसहित ४ जनाबिरुद्ध पक्राउ पूर्जी जारी
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

सप्तरीको सप्तकोसी नगरपालिकाका मेयर सहित चार जना विरुद्ध पक्राउ पुर्जी गरेको छ । सरकारी स्वीकृति बिनै वन जंगल मासिने गरी कानुन विपरित नाला निर्माण कार्य गरेको आरोपमा सप्तरीको सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम गौतम शर्मासहित चारजना विरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो ।

डिभिजन वन कार्यालय सप्तरीले वन क्षेत्रमा अनाधिकृत रुपमा नाला निर्माण गरेको भन्दै सप्तकोशी नगरपालिकाका प्रमुख शर्मासहित चार जना बिरुद्ध सप्तरी जिल्ला अदालतमा दायर गरेको रिट उपरको सुनुवाई भई पक्राउ पुर्जी जारी गरिएको हो ।

शुक्रबार अदालतले अनुमति दिएपछि नगर प्रमुख शर्माका साथै वडा नं. १ वडा अध्यक्ष नारायण आचार्य तथा निर्माण कार्यमा संलग्न सप्तकोशी नगरपालिका १ बस्ने तुलाराम लुईटेल र दुर्गा फुयाललाई पक्राउ पूर्जी जारी गरिएको डिभिजन वन कार्यालयका प्रमुख धिरेन्द्र सिंहले जानकारी दिएका छन् । वडाध्यक्ष नारायण आचार्य निर्माण समितिका पदाधिकारी हुन् । यसपटक वडाध्यक्ष आचार्य विरुद्ध दोर्होयाएर पुर्जी जारी गरिएको हो ।

नाला निर्माण सुरु गरेपछि पटक पटक लिखित र मौखिक आग्रह गर्दा पनि नगरपालिकाले वेवास्ता गरेपछि अदालतको शरणमा जानु परेको सिंहको भनाई छ ।

राष्ट्रिय वन क्षेत्रभित्र अनधिकृत रुपमा जेसिभी प्रयोग गरेर ९५ मिटर लम्बाई र करिब २ मिटर चौडाईको नाला निर्माण गरेपछि उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको डिभिजन वन कार्यालयका प्रमुख धीरेन्द्रप्रसाद सिंहले जानकारी दिए ।

यता प्रमुख शर्माले वन कार्यालयले पक्राउ पुर्जी जारी गरेको स्वीकार्दै आफूले नागरिकलाई सेवा सुविधा र सुरक्षा प्रदान गर्ने उद्देश्यले नाला निर्माण गरिएको जिकिर गर्दै कानुनी प्रक्रियाबाटै समस्याको समाधान खोजिने बताएका छन् ।

  • १९ जेष्ठ २०७६, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech