• ६ आश्विन २०७७, मंगलवार
राजबिराज बजार अनुगमनमा कडाई
  • स्टुडियाे संवाददाता

 

सप्तरीको राजबिराज बजारस्थितमा “समुदाय-प्रहरी साझेदारी” अवधारणा अनुरुप “उपभोक्ताको मानव अधिकार रक्षा सम्बन्धी बजार अनुगमन ” कार्यक्रममा अन्तर्गत राजविराज बजारको विभिन्न पसलहरुको अनुगमन गरिएको छ ।

राष्ट्रिय मानवअधिकार आयोग प्रदेश २ कार्यालय र राजविराज नगरपालिकाले स्थानिय प्रशासनको समन्वय र सहयोगमा राजबिराज बजार क्षेत्रमा दैनिक उपभोग्य बस्तुमा मिसावट, बासी र सडेगलेका सामाग्रि तथा म्याद सकिएको सामाग्रि बिक्रि बितरण भइरहेको जनगुनासोपछि चेकजाँच गरेको हो ।

संयुक्त टोलीले बजारका बिभिन्न औषधी पसल, किराना पसल, होटल आदिमा उपभोक्ताको हित अनुरुपको समाग्री रहे÷ नरहेको भनि चेकजाँच गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

टोलिमा राजबिराज नगरपालिकाको उप-मेयर साझना झा, अनुगमन समीति राजविराजका अध्यक्ष सुरेश सिंह, राजबिराज नगरपालिकाका शाखा अधिकृत मनोज कुमार यादब, राष्ट्रिय मानव अधिकार आयोगका अधिकृतहरु दिपक कार्की, मनमाया राना मगर, गणेश राज जोशी, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक रीता पौडेल, नागरिक न्यायिक उपभोक्ता संघका अध्यक्ष राम कुमार यादब, गैर सहकारी सस्था महासंघ नेपाल सप्तरी अध्यक्ष शम्भुनन्द चौधरी, राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष राज कुमार गुप्ता, घरेलु तथा साना उधोग कार्यालयका नायव सुब्बा खगेन्द्र बुढाथोकी, ईन्सेक सप्तरीका पत्रकार मनोहर कुमार पोखरेल सहित सहभागिता रहेका थिए ।

  • २० जेष्ठ २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech