• ३ आश्विन २०७७, शनिबार
संघीयतालाई असफल पार्ने बजेट आएको छ : राजेन्द्र महतो
  • स्टुडियाे संवाददाता

राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले संघीयता विरोध बजेट आएको बताएका छन् ।

मंगलबार बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै उनले संघीयताको मर्मअनुसार बजेट नआएको बताए । ‘संघीयता विरोधी यसको सबैभन्दा ठूलो विशेषता हो’ उनले भने, ‘केन्द्रीय सरकारले सबै बजेट चलाउने रे । प्रान्तीय सरकारहरुले २० प्रतिशत पनि बजेट नपाउने रे ।’

आफूहरुले ‘केपी ओली मार्का’को नभई स्वायत्त, अधिकार सम्पन्न प्रदेश मागेको उनको भनाइ थियो । विदेश नीति, राष्ट्रिय सुरक्षा, मौदि्रक र राष्ट्रिय गौरबका आयोजना बाहेक सबै प्रदेशलाई दिनुपर्ने भन्दै उनले भने, ‘संघीयतालाई असफल पार्ने बजेट आएको छ, यो दुःखद हो । ‘

महतोले स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवा आयोगले गरेको विज्ञापनको विरोध गरे । उनले भने, दादा गिरी नगर्नुस्, केपी ओली प्रवृत्ति छोड्नुस् ।’ सांसद महताले सांसदलाई दिएको ६ करोडको विरोध भइरहेको भन्दै निर्वाचन प्रणाली नै फेर्न प्रस्ताव गरे ।

‘संसदहरु चुनावमा जाँदा धर्मसाला बनाइदे, हृयाण्डपाइप माग्दो रहेछ । सांसद भएपनि माग्दो रहेछ’ उनले भने, ‘निर्वाचन प्रणाली नै यस्तै हो । समानुपातिकमा लैजाउँ न ।’

  • २१ जेष्ठ २०७६, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech