• २ आश्विन २०७७, शुक्रबार
इँटा प्रहारगरि श्रीमतीको हत्या
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

कपिलवस्तुमा श्रीमानको इँटा प्रहारबाट श्रीमतीको ज्यान गएको छ ।

जिल्लाको बाणगंगा नगरपालिका–१, बुँचीका अगमन चौधरीले इँटा प्रहार गरेर श्रीमती गीताको ज्यान लिएका हुन् ।

श्रीमानले टाउको र छातीमा प्रहार गरेको इँटा लागेर गम्भीर घाइते गीताको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा आइतबार साँझ ज्यान गएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका डीएसपी देवेन्द्र पाण्डेले जानकारी दिए ।

डीएसपी पाण्डेका अनुसार, चौधरीले मदिरा सेवन गरेर श्रीमतीमाथि इँटा प्रहार गरेको खुलेको छ ।

घटनापछि इलाका प्रहरी कार्यालय, पिपराले अगमनलाई नियन्त्रणमा लिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको डीएसपी पाण्डेले बताए ।

  • २७ जेष्ठ २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech