• ७ आश्विन २०७७, बुधबार
सप्तरीमा ईन्जिनियरिङ विद्यार्थीद्वारा बृक्षारोपन
  • स्टुडियाे संवाददाता

 

विश्व वातावरण दिवसको अवसरमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकास्थित राजेन्द्र देबकी मावि कोईलाडीको प्रागङ्गमा जालीको तारवारसहित बृक्षारोपन गरिएको छ ।

डिपलोमा इन्जिनियरिङ एसोसिएसन नेपाल , मधेसी एसोसिएसन अफ अमेरिकाको संयुक्त लगानीमा विश्व वातावरण दिवस २०७६ को अवसरमा राजेन्द्र देबकी मा.बि,कोइलाडीको प्रागङ्गमा जालीको तारवारसहित बृक्षारोपन गरिएको हो ।

त्यस्तै उक्त कार्यक्रममा जिल्ला वन अधिकृत धिरेन्द्र प्रसाद सिँह, तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सतिश कुमार सिंह , उपाध्यक्ष सुचिता कुमारी यादब, वडा अध्यक्ष गोपी मण्डल,मधेशी एसोसिएसन अमेरिकाका अध्यक्ष डा महेन्द्र महतो, डिप्लोमा ईन्जिनियरिंग एसोसिएसन नेपाल सप्तरीका अध्यक्ष केवल दास, सप्तरी वन प्राबिधिक संघका अध्यक्ष देव नारायण झा, बिदालयका प्रअ दिपेन्द्र कुमार झा, नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिव चन्दनकुमार यादबको उपस्थिति रहेकोे थियो ।

  • २७ जेष्ठ २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech