• ३ आश्विन २०७७, शनिबार
आफ्नै छोरी बलात्कारको आरोपमा मन्त्रालयका उपसचिव यादव पक्राउ
  • स्टुडियाे संवाददाता

छोरीलाई बलात्कार गरेको आरोपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव रामाश्रय यादव पक्राउ परेका छन्।

उनले १८ वर्षीया आफ्नै छोरी बलात्कार गरेको आरोप लागेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नारायण चिमोरियाले जानकारी दिए।

महोत्तरीका स्थानीय यादव ललितपुर धोविघाट बस्दै आएका थिए। उनले छोरीलाई विगत ३/४ वर्षदेखि बारम्बार बलात्कार गर्दै आएको आरोप लागेको छ।

छोरी बलात्कार गरेको आमाले थाहा पाएपनि घटना आफ्नै घरको भन्दै लुकाएको प्रहरीको दाबी छ। तर बलात्कारको क्रम नरोकिएपछि जेठ १९ गते घटना बाहिर आएको हो। किशोरी र उनकी आमाले प्रहरीमा उजुरी दिएपछि उनलाई सोमबार पक्राउ गरिएको हो।

  • २८ जेष्ठ २०७६, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech