• ४ आश्विन २०७७, आईतवार
अज्ञात समूहद्वारा धनुषाधाममा बम विस्फोट
  • स्टुडियाे संवाददाता

धनुषाको धनुषाधाममा अज्ञात समूहद्वारा बम विस्फोट गराइएको छ ।

गए राति नगरपालिकाको पुरानो भवन नजिक प्रेसर कुकर बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।

विस्फोटबाट नगरपालिकाको पुरानो भवनमा क्षति पुगेको छ । विस्फोट लगत्तै प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको जनाईको छ ।

प्रहरीका अनुसार विस्फोटबाट कुनै मानवीय क्षति नभएको र पर्खालमा सामान्य क्षति पुगेको छ । विस्फोटको जिम्मा कसैले लिएको छैन ।

सो क्षेत्रमा नेकपा विप्लव समूहको सक्रियता बढी रहेको पाइएको प्रहरीले जानकारी दिएको छ । नेकपा विप्लव समूहले केहीसमय अघि काठमाडौंका तीन स्थानमा विस्फोट गराएको थियो ।

  • ३० जेष्ठ २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech