• ३ आश्विन २०७७, शनिबार
सप्तरीको शम्भुनाथ नपामा दुर्घटना हुँदा एकको ज्यान गयो
  • स्टुडियाे संवाददाता

 

सप्तरीको शम्भुनाथ नगरपालिका ५ तिव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

पुल नजिक रहेको होर्डिङ बोर्डमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मनोजकुमार यादवले जानकारी दिए ।

मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका ६ का २२ वर्षीय उमेश चौधरी रहेको छ । सप्तरी प्रहरीको अनुसार युनिक अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ।

  • ३० जेष्ठ २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech