• २ आश्विन २०७७, शुक्रबार
सप्तरीमा फेरि ५ वर्षीया बालिका बलात्कृत, १३ वर्षीय बालक पक्राउ
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

पाँच वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले सप्तरीबाट एक १३ वर्षीय बालकलाई पक्राउ गरेको छ ।

मामाघरमा बस्दै आएका बालकले ललाइफकाइ बिस्कुट खान दिई आफ्नै कोठामा गत शनिबार बलात्कार गरेको उजुरीका आधारमा किशोरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बालिकाले पेट दुख्ने गरेको बताएपछि उनकी आमाले उपचारका लागि गत सोमबार कञ्चनरुप नगरपालिकास्थित धर्मेश्वर अस्पताल ठेलिया लगेकी थिइन । चिकित्सकले बालिकाको स्वास्थ्य परीक्षण गरेपछि बालिका बलात्कृत भएको तथ्य खुलेको हो ।

चिकित्सकले खबर गरेलगत्तै अस्पताल पुगेका इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राले पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा गराएको बताए । बलात्कृत बालिकाको परिवारले किशोरविरुद्ध उजुरी गरेका छन् । उजुरीपछि किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिए ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २१९ को उपदफा २ को (ग) अनुसार अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जबर्जस्ती करणी गरेको मानिने भएकाले जबर्जस्ती करणीको उजुरी दर्ता गरी कारवाही थालिएको प्रहरीले जनाएको छ ।

  • ३१ जेष्ठ २०७६, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech