• २ आश्विन २०७७, शुक्रबार
सप्तरीमा महिला तथा बालबालिका असुरक्षित बन्दै :जेठमा ७ बलात्कारका घटना सार्वजनिक
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

बलात्कारका घटना बढिरहँदा सप्तरीका बालबालिका तथा महिलाहरु असुरक्षित महसुस गरिरहेका छन । एक हप्ता नबित्दै सप्तरीको विभिन्न ठाउँमा विभिन्न बलात्कारकाचार घटना सार्वजनिक भएका छ्न ।

सप्तरी प्रहरीका अनुसार जेठ महिनामा मात्र सात बलात्कार, एक बलात्कार प्रयास र एक बाल यौन दुव्र्यवहारको उजुरी दर्ता भएको छ । पीडितको उजुरीको अधारमा कतिपय समातेका छ्न भने कतिपय फरार रहेकोे सप्तरी प्रहरीले जनाएको छ ।

शुक्रबार सप्तरीको सप्तरीको विष्णुपुर गाउँपालिका–३ मुसहर्नियाका ३० वर्षीया महिलाले जिल्ला प्रहरी कार्यालय राजबिराजमा उजुरी दिएपछि बलात्कारको घटना सार्वजनिक भएको छ ।

घरमा कोही नभएका बेला ट्युबवेलबाट पानी लिने बहानामा घर पसेका सप्तरीको विष्णुपुर गाउँपालिका–३ मुसहर्नियाका ४० वर्षीय दीपु रजकले आफुलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार उजुरी दर्ता गरेको हो । उनी फरार रहेकाले खोजी कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परिक्षण गराएको बताए ।

यसैगरी सप्तरीको तिरहुत गापा ४ मा एक सामुहिक बलात्कारको घटना घटेको छ । शौच गर्न रातको समयमा घरबाट बाहिर गएकी १६ वर्षीया एक बालिकालाई छिमेकमै रहेका ३० वर्षीय मो. इद्रिस र अर्का १५ वर्षीय युवा रहेको पीडित बुवाले बताए । शौचालय गएकी छोरी अवेरसम्म कोठामा नफर्केपछि खोज्दै गएका पीडितका बुबाले घरबाट ५ सय मिटर टाढा एकान्त बगैंचामा लगेर सामूहिक बलात्कार गरेको बताइएको छ । दुवैजनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी सप्तरीमा १३ वर्षीय बालकले ललाइ फकाइ बिस्कुट खान दिइ आफ्नै कोठामा लगेर गत शनिबार ५ वर्षीया बालिकालाई बलात्कार गरेको सप्तरी प्रहरीले जनाएको छ । उजुरी दर्ता गर्दै आरोपित बालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जनाएको छ ।

त्यसतै सप्तरीमा महिनौंदेखिको शोषणको समाचार सार्वजनिक भएको छ । पक्राउ पर्नेमा सप्तरीको बोदेबसाईन नगरपालिका १० का ४० वर्षीय शिक्षक पशुपतिकुमार यादवलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

शिक्षक यादवले सप्तरीको सुरुङ्गा नगरपालिका–२ स्थित जनता आधारभुत विद्यालय भेडियामा अध्ययनरत छात्राहरु माथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरेको हो । यता एक जना अर्का शिक्षक सिरहा लहान नगरपालिकाका ३५ वर्षीय रामकृष्ण यादव फरार रहेको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताए ।

विद्यालयमा अध्ययनरत छात्राहरुलाई कक्षाकोठा र कोचिङ कक्षामा पढाउने शिक्षकद्वयले संवेदनशील अंगहरु समात्ने, छुने, चिमोटने, लुगा तान्ने, गाला जोडने जस्ता यौन दुव्र्यवहार गर्दैआएको पीडित बालिकाहरुले बताएका छन् ।

  • ३२ जेष्ठ २०७६, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech