• ८ आश्विन २०७७, बिहीबार
गर्मीले सप्तरीको जनजीवन कष्टकर
  • स्टुडियाे संवाददाता

 

देशभर नै बढेको गर्मीले सप्तरीको सदरमुकाम राजबिराज लगायत जिल्लाभरको जनजीवन निकै कष्टकर बन्दै गएको छ। चर्को घाम र उच्च तापक्रमले जिल्लाको जनजीवन अझ बढी प्रभावित बनेको हो। केही दिनदेखि अत्याधिक गर्मी महसुस गरिएको स्थानीयवासीले बताएका छन्।

शनिबार पनि दिनभर चर्को घाम लाग्दा यस भेगको जनजीवन प्रभावित बनेको छ। गर्मीले सर्वसाधारण छटपटिएका छन्।

४०/४१ डिग्रीसम्म तापक्रम पुग्दा जनजीवन नराम्ररी प्रभावित बनेको हो। अहिलेको उच्च गर्मीमा विभिन्न किसिमका स्वास्थ्य समस्या देखिन थालेकाले पर्याप्त पानी पिउन,स्वच्छ तथा ताजा खानेकुरा मात्रै खान, तातो हावा चलेको र चर्को घाम लागेका बेला काम विशेषले बाहेक घरबाहिर ननिस्कन चिकित्सकले सुझाव दिएका छन्।

गर्मीका कारण सदरमुकाम राजबिराज लगायत कठौना,रुपनी , कुशहा, बोदेबर्साईन , पातो , भारदह बजार तथा लहानको चहलपहलमा कमी देखिएको छ। गर्मीसँगै पर्याप्त पानी नपर्दा किसान झन पिरोलिएका छन्।

  • ३२ जेष्ठ २०७६, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech