• ३ आश्विन २०७७, शनिबार
सप्तरीको मोहनपुरमा ट्याक्टरको ठक्करबाट एकको मृत्यु
  • स्टुडियाे संवाददाता

 

सप्तरीमा ट्याक्टरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । सप्तरीको शम्भुनाथ नगरपालिका ७ मोहनपुरस्थित पूर्व पश्चिम राजमार्गमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका १ बस्ने २५ वर्षीय रामदयाल महतोको मृत्यु रहेकोे छ । उनी सभार लु ४९ प ९१७० नम्बरको मोटरसाइकललाई स १ त ७९२ नम्बरको ट्याक्टरले ठक्कर दिदा महतो घाइते भएको थिए ।

घाइते महतो गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यता ट्याक्टरलाई नियन्त्रणमा लिइएको छ भने चालक फरार रहेकोे जनाएको छ ।

  • ३२ जेष्ठ २०७६, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech