• ३ आश्विन २०७७, शनिबार
सप्तरीमा हावाहुरीले ४१ घरको छाना उडाइयो : दलितहरु बिचल्लीमा
  • स्टुडियाे संवाददाता

 

सप्तरीको विभिन्न स्थानमा मङ्लबार आएको बिनाशकारी हावाहुरीले ४१ घरहरुको छाना उडाएर लगेको छ । त्यसैगरी तीन गाउँका दलित बस्तीमा मात्र हुरीबतासले ११ घर पूर्ण रुपले भत्किएको छ ।

सप्तरीको शम्भुनाथ र खडक नगरपालिका क्षेत्रमा आएको हुरीबतासले झुपडी समेत उडाएपछि स्थानीय दलितहरुको बिचल्लीमा परेका छ्न ।

शम्भुनाथ नगरपालिकाको कनकपट्टि, मोहनपुर, कचन्दाहा लगायतका दलित बहुल बस्तीमा हावाहुरीले बढी क्षति पुर्याएको छ। भने ४१ वटा घरको छाना उडाएको र एक सय भन्दा बढी घरमा क्षति पुगेको शम्भुनाथ नगरपालिकाले जनाएको छ।

प्रहरीका अनुसार जिल्लाको शम्भुनाथ नगरपालिकामा ना ५ ख ५९५१ नम्बरको ट्रकमा बिजुलीको पोल ढल्दा क्षति पुगेको छ । जिल्लाका विभिन्न स्थानमा ३० वटा पोल ढलेको र तार चुँडिएको बिद्युत प्राधिकरण वितरण राजबिराजले बताए ।

  • ४ असार २०७६, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech