• २ आश्विन २०७७, शुक्रबार
प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाइयाे, कालो झण्डा देखाउने पक्राउ
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

कलंकी मालपोत कार्यालयमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाइएकाे छ ।

‘नमूना’ भनिएको कलंकी मालपोत कार्यालय उदघाटनका लागि प्रधानमन्त्री ओली बुधबार बिहान त्यहाँ पुगेका थिए । पूर्वनिर्धारित समय १० बजेभन्दा झण्डै एक घण्टा ढिलो पुगेका प्रधानमन्त्री ओलीलाई मालपोत कार्यालय परिसरमै कालो झण्डा देखाएका थिए ।

कालो झण्डा देखाउने हरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा नेपाली काँग्रेस किर्तिपुर नगर सभापति कृष्णमान डंगाेल, नगर काेषाध्यक्ष रजिता गाैतम र नरेशराज पाण्डे छन् । पक्राउ परेकालाई अहिले महानगरीय प्रहरी वृत्त, कालिमाटीको हिरासतमा राखिएको छ ।

कालाे झण्डा देखाउने कार्यक्रममा प्रहरीले लाठि चार्ज गर्दा हिमाल कार्की, अशाेक ढुंगाना, श्याम सुन्दर सेढाइ लगाएत अन्य घाइते भएकाे घाइतेमध्यका श्याम सुन्दर सेढाइले नेपाली स्टुडियाेलाइ जानकारि दिए ।

 

  • ४ असार २०७६, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech