• ६ आश्विन २०७७, मंगलवार
समाजसेवी सरोज भन्नुहुन्छ : अपवाहमा नलाग्नुस ! सर्वोच्चको आदेश आउन बाकी…
  • स्टुडियाे संवाददाता

सामाजिक अभियन्ता तथा सामाजसेवी सरोज रायले अपवाहमा नलाग्न आग्रह गरेका छ्न । यता सर्वोच्च अदालतले विज्ञापनका सम्बन्धमा परेका सबै रिटको फाइल एक साथ पेश गर्न आदेश दिदै एक साथ सबैको सुनुवाइ केहि दिन लाग्न सक्ने जानकारी दिएको छ ।

न्यायाधीशद्वय हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले यससम्बन्धी सबै रिटका फाइल एक साथ पेश गर्न आदेश दिएको हो ।

लोक सेवा आयोगले समावेशी सिद्धान्त पालना नगरी विज्ञापन गरेको भन्दै अधिवक्ताहरू जगदेव चौधरी, विकास ठाकुर र राजाराम घिमिरे लगयत १२१ जनाले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।

यी तीन निवेदनमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको थियो । यस्तै स्थानीय तहमा कार्यरत करार र अस्थायी कर्मचारीका तर्फबाट १२१ जनाले आयोगले स्थानीय तहका लागि खोलिएको विज्ञापन रोक्न माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

आयोगले यसपटक ५१५ स्थानीय तहका लागि विभिन्न नौ हजार १६१ पदका लागि आवेदन फाराम माग गरेको थियो । जसमा हालसम्म १ लाख ६५ हजार भन्दा धेरैले आवेदन दिइसकेका छन् ।

समाजसेवी सरोज रायले सामाजिक संजालमा भने अपवाहमा नलाग्नुहोस ! लोकसेवाको विज्ञापन वारे सर्वोच्चको आदेश आउन वाकि…

स्थानिय तहमा करार भर्ति रोक्न १२१ जनाले दिएको रिटलाई पनि संगै राखेर अर्को पेशी दिन अदालतको तयारी..
अझ कुर्नु पर्ने…

हाम्रो आन्दोलन जारी रहने छ, तयारीमा जुट्नुस्..

विज्ञापनका लागि आवेदन दिने म्याद मंगलवारसम्म रहेकोमा आयोगको अनलाइन सिस्टममा आएको समस्याका कारण ७ दिनका लागि थप भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकसेवाको विज्ञापन समावेशी नभएको भन्दै रद्ध गर्न माग गरेका छन् ।

  • ४ असार २०७६, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech