• ७ आश्विन २०७७, बुधबार
वडा कार्यालयको समान भारततर्फ लैजादै गर्दा चोर पक्राउ
  • स्टुडियाे संवाददाता

राजविराज नगरपालिका ५ नम्बर वडा कार्यालयबाट चोरी भएको समानसहित बेचन राम पक्राउ परेका छ्न ।

राजविराज नगरपालिका ५ को कार्यालयबाट चोरी भएको समानसहित राम पक्राउ परेका हुन्।

चोरीका समान बिक्रीका लागि भारततर्फ लैजाँदै गर्दा सप्तरीको बिष्णपुर गाउँपालिका ६ बस्ने २७ वर्षीय बेचन रामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

उनको साथबाट एक÷एक थान ल्याप टप, प्रिन्टर, फोटोकपी मेसिनसहित पक्राउ परेका हुन । रामले गत शुक्रबार राती वडा कार्यालयको ताला फुटाई करिब १५ हजार नगदसहित विभिन्न समानहरु चोरी गरेका थिए ।

पक्राउ परेका रामबिरुद्ध चोरीको मुद्दा दर्ता गरि आवश्यक काम कार्वाही अगाडि थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोजकुमार यादवले जनाएको छ । यसैगरी उनको साथमा चोरी संलग्न उनकै साथीको पहिचान भईसकेकोले खोजी कार्य थालिएको बताए ।

  • ४ असार २०७६, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech