• ६ आश्विन २०७७, मंगलवार
जनकपुरमा खानेपानी अभाव : नगरमा पानी बाड्दै
  • स्टुडियाे संवाददाता

 

गर्मी बढिरहेका वेला जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा खानेपानी अभाव भएको छ । बिगत केही दिन देखि देखिएको खानेपानी अभावको कारण जनकपुर क्षेत्रमा पानी हाहाकार देखिएको छ ।

ह्याण्ड पम्पमा पानी आउन छाडेपछि नगर क्षेत्रमा खानेपानीको समस्या बढेको हो । तत्काल समस्या समाधान गर्न उपमहानगरपालिकाले बुधबारबाट नगर क्षेत्रमा पानी वितरण गरेको छ ।

बुधबारदेखि नै नगरपालिकाले नगरका विभिन्न प्रमुख चोकमा चिसो पानी वितरण गरेको छ । नगरको भानुचोक, पुलचोक, जनकचोक, रामानन्द चोक, विद्यापती चोक, जानकी मन्दिर परिसर, पिराडी चोक, बसपार्कलगायत स्थानमा चिसो पानी वितरण गरेको छ । यहाँ केही दिनदेखि अत्यधिक बढेको गर्मीले जनजीवन प्रभावित बनेको छ ।

  • ४ असार २०७६, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech