• २ आश्विन २०७७, शुक्रबार
घाेंघिदाहास्थित दुर्घटना हुँदा मोटसाइकल चालकको मृत्यु
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका १ घाेंघिदाहास्थित दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्व पश्चिम सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.१ ख ७९२८ नम्बरको मालबाहक ट्रकसँग ठोक्किँदा बा ८४ प ९९७८ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा प्रदेश १ झापा बुधबारे गाउँपालिका १ बस्ने मोटरसाइकल चालक करिब २६ वर्षीय प्रतीक ढुंगेल रहेकोे प्रहरीले जनाएको छ ।

यता उक्त दुर्घटनामा परी ठेला चालकलाई ठक्कर दिँदा ठेलाचालक अग्निसाइर कृष्णासवरण ४ बेलहा बस्ने करिब ५० वर्षीय राजेन्द्र दास घाइते भएको छ । उनको दुवै हात खुट्टा र शरीरका विभिन्न भागमा चोटपटक लागेको प्रहरीले जनाएको छ। उनको उपचार स्थानीय धरमेश्वर अस्पताल उपचार भइरहेको छ ।

चालकसहित ट्रक र मोटरसाइकल इलाका प्रहरी कार्यालय महुलीको नियन्त्रणमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • ७ असार २०७६, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech