• ३ आश्विन २०७७, शनिबार
सप्तरीमा दुईजना डेंगु संक्रमित भेटियो
  • स्टुडियाे संवाददाता

 

धरानबाट फैलिएको डेंगु रोग सप्तरीमा दुई जनामाथी भेटिएको छ । उनीहरु दुबै जना दाजुभाई हुन ।

सप्तरीको कञ्चनरूप नगरपालिका ६ जमुवाका ३२ वर्षीय देवकान्त चौधरी र उनका भाइ २७ वर्षीय रमाकान्त चौधरीमा डेंगु रोगको संक्रमण देखिएको स्वास्थ्य शाखाका सहसंयोजक सुरेन्द्र यादवले बताए ।

डेंगु संक्रमित बिरामी फेला परेपछि सप्तरीको कञ्चनरुप नगरपालिकाले जनचेतनामूलक कार्यक्रम सुरु गरेको जनाएको छ। स्वास्थ्यकर्मीको टोलीले वडानम्बर ६ को जमुवा टोलमा गई ज्वरो चेकजाँच गरेको छ ।

साथै स्थानीय एफएम रेडियोबाट सचेतनामूलक सन्देश प्रसारण गरी नगरवासीमा सचेत हुन आग्रह र लार्भा नष्ट गर्ने अभियान सुरु गरेको भएको कञ्चनरूप नगरपालिकाले जनाएको छ ।

 

तस्बिर : स्वास्थय खबर डट्कम  ।

  • ८ असार २०७६, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech