• ६ आश्विन २०७७, मंगलवार
केटी साथी भेट्न जाँदा कुटपिटबाट हत्या गरिएका युवकको शवसहित प्रदर्शन
  • स्टुडियाे संवाददाता

 

हत्या गरिएका एक यूवकको शवसहित बिहीबार राजविराजमा उनका आफन्तजन र स्थानियहरुले प्रदर्शन गरेका छन् ।

केटी साथी भेट्न गएका सप्तरीको तिरहुत गाउँपालिका ३ पिप्राही घर भई राजविराज बसोबास गर्दै आएका २५ वर्षीय जयकृष्ण बिराजीको युवाको कुटपिटबाट मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

कुटपिटबाट गम्भीर बिराजीको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा बुधबार दिउँसो मृत्यु भएको मृतकका परिवारले बताए। सोमाबार राती अज्ञात व्यक्तिहरुको समूहले राजविराज वडा नं. ७ मा कुटपिट गर्दै हत्या गरेको बिरोधमा घटनामा संलग्न रहेकाहरुलाई कानुनी कारवाहीको माँग गर्दै प्रदर्शन गरेको छ ।

मृतकका आफन्त तथा स्थानियहरुले शवसहित जिल्ला प्रशासन कार्यालय सप्तरीको मूल ढोका अगाडी शव राखेर प्रदर्शन गरेको थियो ।

प्रहरीले किटानी जाहेरीसहित मुद्दा दर्ता गर्न नमानेको भन्दै आफन्तजनले तत्काल मुद्दा दर्ता गर्न माँग गरेका थिए ।

बिराजी राजविराज नगरपालिका २ स्थित पिस जोन मोडेल स्कुलमा शिक्षक रही सोही स्कुलको होस्टल बार्डेनका रुपमा समेत कार्यरत थिए।

  • १३ असार २०७६, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech