• ७ आश्विन २०७७, बुधबार
मिर्गौलाका बिरामीलाई नेविसंघको आर्थिक सहयोग
  • स्टुडियाे संवाददाता

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले एकजना मिर्गौलाका बिरामीलाई आर्थिक सहयोग गरेको छ ।

गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तिको अवसर पारी नेविसंघले जोरपाटीस्थित मेडिकल कलेजमा उपचार गराइरहेका संखुवासभाको धर्मदेवी नगरपालिकाका ३२ वर्षीय पुष्प खत्रीलाई ५१ हजार सहयोग गरेको हो । पुष्पका दुबै मिर्गौला फेल भएका छन् ।

नेबिसंघ धनकुटा बहुमुखी क्याम्पस इकाइ सभापति करुणा कटवालको समन्वयमा संकलित रकम नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले हस्तान्तरण गरेका हुन् ।

आर्थिक सहयोग हस्तान्तरणपछि बोल्दै काफ्लेले शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको जन्मजयन्ति फरक तवरबाट मनाउने उद्धेश्यले बिरामीलाई सहयोग गरिएको बताए ।

  • १८ असार २०७६, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech