• ७ बैशाख २०७८, मंगलवार
थाबिसद्वारा एसईई विधार्थीहरुलाई सम्मान तथा छात्रवृत्ति प्रदान गर्दै
  • स्टुडियाे संवाददाता

 

प्रत्येक वर्षझै यस वर्ष पनि थारु विद्यार्थीलाई सम्मान तथा छात्रवृत्ति प्रदान गर्ने भएको छ । नेपालका विभिन्न ठाउँ ठाउँमा थारु समुदायका उत्कृष्ट एसईई विद्यार्थीलाई थारु विद्यार्थी समाज केन्द्रिय समितिले सम्मान तथा छात्रवृत्ति प्रदान गर्ने भएका हुन ।

आउदो असार २८ गते शनिबारको दिन एक कार्यक्रम बिच उत्कृष्ट एसईई विद्यार्थीहरुलाई सम्मान गरिने छ्न ।

थारु बिधार्थी समाज केन्द्रिय समितिको आयोजनामा प्रत्येक बर्षझै यस बर्ष २०७५ सालमा एसईई परिक्षामा बिशिष्ट श्रेणी ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिने थारु विद्यार्थी समाज उपत्यका समितिका अध्यक्ष सुरेश कुमार थारुले बताउनुभयो ।

कुन विद्यार्थीहरुलाई सम्मान ?

ग्रेड प्वाइन्ट ३.२ वा सो भन्दा बढी ग्रेड प्राप्त गरि पास हुने नेपाल अधिराज्यभरिको सम्पूर्ण थारु बिधार्थीहरुलाई बधाई तथा बिशेष पुरस्कारबाट सम्मानित हुनेछ। ग्रेड प्वाइन्ट ३.२ वा सो भन्दा बढी ग्रेड प्राप्त सम्पूर्ण थारु बिधार्थीहरुले आफ्नो मार्कशिट र एक प्रति फोटो सहित मिति २०७६ असार २६ गते शुक्रबार सम्म थारु बिधार्थी समाज केन्द्रिय कार्यालयमा पठाइ सक्नु पर्नेछ।

साथै विशिष्ट श्रेणी मध्येबाट २ जना सरकारी बिधालयका ( एक छात्र र एक छात्रा ) र निजि विधालयका २ जना ( एक छात्र र एक छात्रा ) गरि ४ जनालाई सर्वोत्कृष्ट पुरस्कार सहित सम्मान गरिनेछ।

 

कार्यक्रम हुने
मिति :- २०७६ असार २८ गते शनिबार
स्थान :- नाइटिङ्गेल कलेज नया भवन , कुपनडोल ललितपुर
समय :- बिहान १० बजे देखि

नोट :-
२०७५ सालको SEE पास हुने बिधार्थीहरुलाई नाइटिङ्गेल कलेजबाट सुवर्ण अवसर
a . GPA ४ ल्याउनेलाइ full schoorship साथै था.बि.स. बाट छुट्टै छात्रवृति
b . A + ल्याउनेलाई ५० % off in tuition fee साथै था.बि.स. बाट छुट्टै छात्रवृति
c . A ल्याउनेलाई २५ % off in tuition fee साथै था.बि.स. बाट छुट्टैछात्रवृति

कसरी र कहाँ सम्पर्क गर्ने ?

था.बि.स. केन्द्रिय समिति काठमाण्डौ
चन्द्र प्रसाद चौधरी :- ९८५११८०२१९
सुरेश कु. चौधरी :- ९८१७७३४१८३
बिमल चौधरी :- ९८४९८९६९५३

 

  • १९ असार २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech