• २ आश्विन २०७७, शुक्रबार
खुकुरी प्रहार गरी छोराद्वारा आमाको हत्या
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

सप्तरीको सुरुङ्गा नगरपालिका १ मा एक युवाद्वारा आमाको हत्या गरेको छ । सुरुङ्गा नगरपालिका १ चहका ३४ वर्षिया जंगबहादुर पुलामीले खुकुरी प्रहार गरी ६४ वर्षीय आमा धनमाया पुलामीको हत्या गरेका हुन्।

बिहीबार अपरान्ह खुकुरी प्रहार गरी हत्या भएको आमाको शवसँगै जंगबहादुर रक्ताम्य अवस्थामा भेटिएको सुरुङ्गा नगरपालिका १ का वडा अध्यक्ष इन्द्र आले मगरले बताए ।

घरमा कोही नभएका बेला खुकुरी प्रहारले गर्धनसहित टाउको पछाडि तीन ठाउँमा र अनुहारमा दुई ठाउँमा गहिरो चोट लागेको अवस्थामा धनमायाको शव फेला परेको इलाका प्रहरी कार्यालय भेडियाकाले जनाए ।

शवलाई पोष्टमार्टमका लागि भर्खरै रामप्रसाद शारदा उमाप्रसाद मुरारका अस्पताल लहान पुर्‍याइएको छ भने आरोपितलाई गिरफ्तार गरेको छ ।

  • २० असार २०७६, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech