• ७ आश्विन २०७७, बुधबार
श्रीमानसँग मिलेर प्रेमीको हत्या
  • स्टुडियाे संवाददाता

 

कैलालीको चुरे पहाडी क्षेत्रको चुरे गाउँपालिका–६ मड गाउँकी कल्पना लामालाई आफ्ना प्रेमीको हत्या गरेको अभियोगमा प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय (फलटुडे), कैलालीका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार श्रीमान लालबहादुर लामासँग मिलेर निज कल्पनाले प्रेमी अन्दाजी ४० वर्षीय कमल कुँवरको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको हो ।

यही असार २२ गते कुँवरको हत्या गरेर आफ्नो घरदेखि ५० मिटरको दूरीमा रहेको खोलमा खाल्डो खनी पुरिएको अवस्थामा बिहीबार शव फेला परेको विश्वकर्माले बताए ।

प्रहरीले कल्पनाका श्रीमानलाई समेत पक्राउ गरेको छ । मृतक गुल्मी जिल्ला घर भई यस क्षेत्रमा मजदूरीको काम गर्दै आएको बुझिएको छ ।

  • २६ असार २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech