• ३ आश्विन २०७७, शनिबार
गाई चराउन गएकी बालिकामाथी सप्तरीमा सामुहिक बलात्कार
  • स्टुडियाे संवाददाता

 

सप्तरीमा चार जनाले एक बालिका माथी सामुहिक बलात्कार गरेको छ । सप्तरीमा अग्नीसाइर कृष्णसवरण गाउँपालिका–२ की १२ वर्षीया बालिकाको असार १८ गते बलात्कार भएको घटना ढिलो गरी सार्वजनिक भएको हो ।

जिल्ला स्थित घटना बारे पीडित पक्षले उजुरी दिए पछि उक्त बलात्कारको घटना सार्वजनिक भएको हो । गाई चराउन जंगल गएकी पीडितलाई दाई नाता पर्ने किशोरसहित अन्ये चार जनाले बलात्कार गरेको बालिकाले बयान दिएकी हुन ।

मुखमा रुमालले बाँधेर घिस्याउँदै घारीतर्फ लगेर बलात्कार गरेको पीडितले प्रहरीसमक्ष बयान दिएकी छन्। पीडितकी आमाले दिएको उजुरी र बालिकाको बयानपछि पीडितको स्वास्थ्य परिक्षण गरी उजुरी दर्ता गरिएको सप्तरी प्रहरीले बताए ।

इलाका प्रहरी कार्यालय, कञ्चनरुपका डिएसपी मकेन्द्रकुमार मिश्रको अनुसार चारै जना आरोपीहरु फरार रहेकोले खोजीकार्य भइरहेको बताएका छ्न ।

  • २६ असार २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech