• ६ आश्विन २०७७, मंगलवार
बिराटनगर र सुनसरीको दुहबी जलमग्न
  • स्टुडियाे संवाददाता

 

बिगत केहिदिन देखि आएको लगातारका वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र तथा सुनसरीको दुहबी जलमग्न भएका छन् ।

कोशी अञ्चल अस्पताल डुबेको छ। सडकको पानी अस्पतालभित्र पस्दा औषधि पसलसहितका प्रशासनिक भवनसमेत नराम्रोसँग प्रभावित बनेका छन् । पानी पस्दा अस्पतालले पम्प लगाएर पानी निकासा गरेको छ ।

विराटनगरको दक्षिणी क्षेत्रका केही बस्तीमा पानीको सतह बढेपछि डुबानमा छन् भने बजार क्षेत्रमा पनि पानी जमेको छ ।
यसैगरी वर्षाले सुनसरीको दुहबी नगरपालिका वाड न २ का पचासौ घर जलमग्न भएको छ । नगरपालिका क्षेत्रबाट बग्ने टेग्राखोला अतिक्रमण गरी घर र पर्खाल निर्माण गर्दा नदि बेड़री जाने बाटो अभरफलो भएर बस्तीमा पस्ने गरेको छ।

यता इनरुवा रोड र नहरको डिलले पानी छेकेको छ। यस्का साथै रोडको किनारमा नाला बन्द गरी घर निर्माण गरेकोले झनै समस्या निमत्याएको छ।

  • २७ असार २०७६, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech