• ६ आश्विन २०७७, मंगलवार
कोशी ब्यारेजमा पानीको सतह बढ्यो, ३२ ढोका खुला
  • स्टुडियाे संवाददाता

 

केही दिन देखि परेको निरन्तर वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव ह्वात्तै बढेको छ । प्राप्त जानकारी अनुसार पानी बहावको घनत्व १ लाख ७९ हजार ६ सय १५ क्यूसेक रहेको छ ।

पानीको बहावसँगै उक्त क्षेत्रमा खतरा बढेपछि ५६ ढोकामध्ये अहिलेसम्म ३२ वटा ढोका खोलिएको जानकारी प्राप्त भएको छ ।

निरन्तरको वर्षाको कारण पानीको सतह बढ्दै बहावको घनत्व १ लाख ५० हजार नाघ्ने बित्तिकै खतराको संकेत जनाउँदै रातो बत्ती बाल्दै रातो झण्डा पनि फहराएको बताईन्छ ।

  • २७ असार २०७६, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech