• २ आश्विन २०७७, शुक्रबार
रौतहटमा बाँध भत्किदा गाउँ डुब्याे, राजमार्ग अवरुद्ध
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

केहि दिनदेखिको अविरल वर्षाको कारण विभिन्न क्षेत्रमा आएको बाढीले बाँध भत्किँदा गाउँ डुबानमा परेको छ । दुई नदीको बाँध भत्किएर कटहरियाको लाल बकैया र पुर्वबागमती नदीको बाँध भत्किएर आसपासका गाउँ डुबानमा परेको हो ।

बागमती तथा लाल बकैया नदि नियन्त्रण आयोजना प्रमुख राज कुमार श्रीवास्तवले बागमती र बकैयामा बाध भत्केर बस्तिमा पानी प्रबेश गरिरहेका बताए । उनका अनुसार नदी नियन्त्रण टोलीले ठाउँ ठाउँमा खटिएको छ ।

बकैया नदीको हरसाहा, भसेढवा, कटहरिया, बुनियाद, तेजापाकड, लौकाहा, बन्जरहा लगायतका दर्जन गाउँ उच्च जोखिममा रहेको बताए। यस्तै बागमती नदिको गढिमाइ लक्ष्मिपुर, मत्सरी, गढो, बडहर्वा, बसतपुर, ब्रहम्पुरी, हजरिया लगायतका गाउँ उच्च जोखिमा रहेको प्रमुख श्रीवास्तवले बताए नगरपालिकाको जेसिभी लगाएर एक छिन रोक्न प्रयास गरेपनि पानीको बहाब तिब्र भएकोले प्रयास रोक्न नसकिएको मेयर श्यामप्रसाद यादवले जानकारी दिए ।

रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बाध भत्केको ठाउमा प्रहरी परिचालन गरेको बताए । चुरे क्षेत्रमा भएको वर्षाको कारण चाँदी खोलामा आएको बाढीको कारण पुर्वपश्चिम राजमार्ग समेत अवरुद्ध भएको छ । निरन्तर पानी परिरहेको कारणले ठूलो बाढी आउने खतरा देखिएको छ ।

सभार : सरल पत्रीका ।

  • २७ असार २०७६, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech