• ७ आश्विन २०७७, बुधबार
खडक नगरपालिकामा आज सार्वजनिक बिदा
  • स्टुडियाे संवाददाता

 

कल्याणपुर ,साउन ९ गते । सप्तरीको खडक नगरपालिकामा आज बिहिवार सार्वजनिक बिदा दिएको छ । खडक नगरपालिका नगरपालिका अन्तर्गत स्वास्थ्य चौकी मैनासहर्सबाहूको सी.अ.हे.अ. अधिकृत छैठो पदमा कार्यरत श्री करी चन्द्र साहको मृत्यु भएको शोकमा बिदा दिएको छ ।

साह कार्यालयमा काम गर्ने जाने बेलामा अचानक दुर्घटनामा परि ज्यान गयेकोकोले उहाको चिर शान्तिको लागि संबेदना व्यक्त गर्दै आज बिहिवार सार्वजनिक बिदा दिएको हो । साउन ८ गते एक बिज्ञपति जारी गरि साउन ९ गते बिदा दिएको नगर प्रमुख हेमायु हकले जनाए । उहाँको अनुसार खडक न.पा तथा अन्तर्गतका कार्यालय बिदा दिने निर्णय भएको बताए ।

साथै मृत्क परिवारलाई कृया खर्च वाप्त ५० हजार तथा यश नगरमा कार्यरत स्वास्थ कर्मचारीले एक महिनाको तलब उपलब्ध गराउने बिज्ञप्तीमा उल्लेख छ ।

  • ९ श्रावण २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech