नेपालीको महान् चाड विजयादशमीको अवसरमा सप्तरी स्थित जिल्लाका शक्तिपीठ मन्दिर कंकालिनीमा श्रद्धालु भक्तजनहरुको घुइँचो बढ्दै गएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका स्थित भारदहको कंकालिनी मन्दिरमा नेपाल तथा भारतको विभिन्न जिल्लाहरुबाट श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको हो ।
भारदह स्थित कंकालिनी मन्दिरलाई अझ आकर्षण बनाउन धार्मिक सांस्कृतिक जागरण कार्यक्रम चलाएको छ । उक्त कार्यक्रम उद्घाटन राजबिराज नगरपालिकाका मेयर शम्भु यादवले गर्नुभएको छ । यो मन्दिरमा प्रत्येक वर्ष महानवमीका दिन राँगाको बलि दिने चलन रहेको छ ।
तस्बिर : फेस्बुकबाट ।