• २ आश्विन २०७७, शुक्रबार
रौतहटको गरुडामा जबरजस्ती करणी प्रयास,आरोपित फरार
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

रौतहट,असोज २५ गते : रौतहटको गरुडा नगरपालिका वडा नं २ कि १५ वर्षकी बालिका माथि जबर जस्तीकरणी प्रयास भएको छ ।

रौतहटको गरुडा नगरपालिका वडा नं २को १५ वर्षकी एक बालिका माथि सोही वडा बस्ने  १९ वर्षको राम प्रकाश सहनीले जबरजस्ती करणी प्रयास गरेका छ्न ।

गत बुधबार साँझ तीन बजे तिर घाँस काट्न गएकी गेडही गुठ्ठीको चाँदी खोलाको ब्यारेज स्थित गढीमाई मन्दिर परिसरमा १५ वर्षकी एक बालिका माथी गरुडा नगरपालिका वडा नं २ बस्ने १९ वर्षको राम प्रकाश सहनीले मुख थुनेर उँखू बारीमा जबरजस्ती गरेको आरोप लगाएकी छिन ।

पीडितले चिच्याएपछि त्यहा रहेका वरिपरिका ब्यक्ति आए पछि सहनीलाई समाते पछी उनले दिशाको नाटक गरेर भागेको स्थानीयले बताए ।शनिबारसम्म पनि घटनाको चौथो दिन पुग्दा अहिले सम्म केही टुंगो लागेको नलागेको पीडित परिवारको आरोप छ।

जबर जस्ती करणी गरेको राम प्रकाश सहनीको आमाले अहिले फरार भएका बताएकी छिन्। यता गरुडा ईलाका प्रहरी कार्यालयका कार्यालय प्रमुख डिएसपी तुल्सीराम अर्यालले आज मेडिकल जाच हुने बताए ।

आज तेस्रो दिन पुग्दा दुई दिन सम्म आरोपित पक्राउ परेको छैन । त्यसैगरी गेडही गुठ्ठी २ का केही जनप्रतिनिधिहरु “हामी गाउँमा कुरा मिलाई दिन्छु “भन्दै पिडित पक्षको आरोप छ ।

गरुडा ईलाका प्रहरी कार्यालय प्रमुख डिएसपी तुल्सीराम अर्यालको अनुसार ढिलो भएता पनि आरोपितलाई पक्राउ गरी कानुनी बमोजिम सजाय गर्ने प्रतिबद्धता जनाएको छ ।

  • २५ आश्विन २०७६, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech