• ४ आश्विन २०७७, आईतवार
रंगशालामा कुटिए दर्शक, पत्रकारमाथि हातपात

टिकट नपाएका समर्थकहरुले दशरथ रंगशालाकाे गेट बाहिर नारावाजी

  • स्टुडियाे संवाददाता

१३ औँ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत मंगलबार फुटबलको फाइनल र समापन हुँदै छ ।

फुटबलको फाइनलमा नेपाल र भुटानबीचको खेल हुँदै छ । जसका कारण पनि नेपाली दर्शकहरु फुटबल हेर्नका लागि रंगशाला प्रवेश गर्न आतुर छन् ।

इसेवा मार्फत टिकट विक्री खुला गरिएको २ घण्टामै ९ हजार टिकट बिक्री भएका थिए । टिकट नपाएका समर्थकहरुले दशरथ रंगशालाकाे गेट बाहिर नारावाजी गरेका छन् । जसका कारण सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गर्दा केही घाइते पनि भएका छन् ।

सुरक्षाकर्मीले लाठी चार्ज गर्दा फोटो खिचिरहेका नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाइँको कानमा चोट लागेको छ । त्यस्तै, अन्य पत्रकारलाई पनि प्रहरीले फोटो खिचेको भन्दै क्यामारा फुटाउने धम्की दिएको थियो ।

  • २४ मंसिर २०७६, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech