नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलका लागि नेपालले भुटानविरुद्ध खेल्ने सुरुआती ११ सार्वजनिक गरेको छ । स्वर्णका लागि हुन लागेको भिडन्तका लागि नेपालले अन्डरडग भुटानसँग प्रतिस्पर्धा गर्ने ‘प्लेइङ सेट’ सार्वजनिक गरेको हो ।
दशरथ रंगशालामा हुने खेलका लागि कप्तान सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ, नितिन थापा, विक्रम लामा, सुनील बल, अभिशेख रिजाल, अनन्त तामाङ, विकाश खवास, मिक्चेन तामाङ र विकेश कुथु रहेका छन् । आजको खेलमा रेजिन शुब्बा खेल्ने छैनन् । उनले बंगलादेशविरुद्धको खेलमा दोस्रो पहेलो कार्ड पाएका थिए ।
नेपाल र भुटानबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजेदेखि सुरु हुनेछ । सागको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको भुटान र पाचौं पटक फाइनल पुगेको नेपालबीचको खेल रोमाञ्चक हुने देखिन्छ ।
नेपाल अघिल्लो सागअन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक विजेता हो । उसले सन् २०१६ मा भारतको गुहावटीमा भएको फाइनलमा खेलमा घरेलु टोलीलाई हराउँदै उपाधि उचालेको थियो ।