• २ आश्विन २०७७, शुक्रबार
हिनामिना गरेको भन्दै विद्यालयमा तोडफोड
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

प्रमोद सहनी ।

रौतहट जिल्लाको एक समुदायिक विधालयमा तोडफोड भएको छ।

रौतहटको गरुडा नगरपालिका वडा नं २ श्री माध्यमिक विद्यालय गेडही गुठ्ठिमा विद्यार्थीहरुद्वारा आइतबार तोडफोड गरेको हो ।

विभिन्न छात्रवृत्ति लगायत पैसा हिना मिना गरे तथा कक्षाको रोल नम्बर तलमाथी गरेको बिषयलाई लिएर आक्रोशित विद्यार्थीहरुले तोडफोड गरेका हुन । सात कक्षा देखि नौ कक्षा सम्म कक्षा रजिस्ट्रारमा नाम तलमाथी गर्ने गरेको विद्यार्थीहरुले गुनासो गरेका छ्न । साथै समयमा कक्षा सुरु नहुदा र शिक्षक शिक्षिका कक्षामा समयमा नआउँदा विद्यार्थीहरु मार्कामा परेको बताए । पढाइ लथालिङ्ग भएको भन्दै आक्रोशित विद्यार्थीले तिड्फोड गरेका हुन ।

त्यस्तै यस आर्थिक वर्ष पनि खाजाको पैसा ,छात्रवृत्तिको पैसा आएको तर अझैसम्म पनि पैसा बितरण गरेको छैन । सोही विद्यालयका प्रध्यनध्यापक रेनु गुप्तालाई समेत विद्यार्थीहरुले घेराउ गरेको थियो ।

विद्यालय ब्यपस्थापन समिति र प्रधानाध्यापक रेनु गुप्ताको मिलो मतोमा छात्रवृत्ति लगायतमा आएको रकम बिल भर्पाई गरि पैसा निकाले भिडियो पनि हामी सङ सुरक्षित रहेको छ ।

विद्यालयको कक्षा कोठाको तोडफोडले बिधालयमा पाँच लाख भन्दा बढी क्षति पुगेको छ । सचेत गराउदा पनि आफुहरुको सुनुवाइ नभएपछि तोडफोड गर्नुपरेको विद्यार्थीहरुले गुनासो गरेका छ्न ।

यता विद्यार्थीहरु गुणस्तर पढाइ हुनुपर्ने माग गरेको छ ।

  • २९ मंसिर २०७६, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech