• ६ आश्विन २०७७, मंगलवार
कोहलपुरमा पत्रकार असुरक्षित, मिसन टुडे राष्ट्रिय दैनिकका पत्रकार वलीलाई आक्रमणको प्रयास
  • स्टुडियाे संवाददाता

बाँकेमा पत्रकारहरु असुरक्षित बन्दै गएका छन् । केही दिनयता पत्रकारहरु माथि नै सांघातिक प्रहारका घटना दाेहाेरिन थालेका छन् ।शनिबार काचुली खबरका कार्यकारी सम्पादक संगिन शर्मालाई केही युवाले कार्यालय परिसरमा कुटपिट गरेपछि घाइते भएका थिए ।

यस्तै साेमबार राति अफिसकाे काम सकाएर काेहलपुरबाट नेपालगन्ज जानेक्रममा मिसन टुडे राष्ट्रिय दैनिक पत्रिकाका समाचार प्रमुख कृष्ण वलीलाई आक्रमणकाे प्रयास भएकाे थियाे । उनलाई राति १०: ३० बजे कोहलपुरबाट मोटरसाइकलमा रहेका केेही युवाहरूले राँझासम्म पछ्ययाएका थिए । वलीलेे राझा नजिक पुगेेेेपछि प्रहरीकाे सुरक्षामा गएकाे बताए । पछि प्रहरीलेे पत्रकार वलीलाइ सुरक्षा दिएकाे थियाे ।

  • ८ पुष २०७६, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech