उजाड र सुनसान यो कस्तो देश भयो ?
आधा पहाड भयो, आधा मधेस भयो ।
असलमा मूर्दाघाट बन्दैछन् शहरहरू,
कागजमा स्मार्टसिटीहरू पेश भयो ।
हौसला बढाउन बसेको छ खरायो,
कछुवाहरूको मात्र आज रेस भयो ।
हात्ती, घोडा, ऊँट र पिउसा मात्र मारिए,
हाम्रो यो देश पनि राजा नमर्ने ‘चेस’ भयो ।
-मुल्ला नशरुद्दीन (मुल्लाकाे फेसबुकबाट)