• ८ असार २०७८, मंगलवार
चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक

अभिनेता सौगात मल्ल स्टारर चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।

सार्वजनिक टिजरमा हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको छ । टिजरमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, बुद्धि तामाङ, दिया पुनलाई स्थान दिइएको छ । टिजरमा सौगात र दीयाको प्रेमकथालाई बढि स्थान दिइएको छ ।

खिलबहादुर गुरुङ निर्देशित चलचित्रले हिमाली प्रेम कथा बोल्छ । यस चलचित्र मार्फत सौगात र दियाले पहिलो पटक स्क्रिन शेयर गरेका छन् । चलचित्रमा नमिता घिसिङ, वीरबहादुर लामाको पनि मुख्य भूमिका रहेको छ ।

मनोज राजभण्डारी निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् । चलचित्रमा रविराज कार्की, सुरेश कार्की, वीरबहादुर लामा र सुभ श्रेष्ठ सह-निर्माताको रुपमा हरेका छन्‍ ।

साम्तेन भुटियाले लेखेको चलचित्रमा शम्भुजित बास्कोटा र सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन रहेको छ ।

  • २५ माघ २०७६, शनिबार प्रकाशित