• ६ आश्विन २०७७, मंगलवार
पत्रकार बलराम बानियाँ सोमबारदेखि सम्पर्कविहीन
  • स्टुडियाे संवाददाता

पत्रकार बलराम बानियाँ सोमबारदेखि सम्पर्कविहीन भएका छन् । बानियाँ दुई दिनदेखि घर नफर्किएको भन्दै परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएको छ ।

अपराध महाशाखाले बानियाँको मोबाइल फोनको प्राविधिक विश्लेषणको आधारमा उनको खोजी थालेको छ । स्रोतका अनुसार उनको मोबाइल सोमबार दिउँसो १ बजे बल्खु खोला छेऊबाट स्वीच अफ भएको छ । अनुसन्धान अधिकृतका अनुसार सोमबार दिउँसो ३ः२३ मा बानियाँ बल्खु खोलाको पुलमाथि देखिएका थिए । बाटो छेऊबाट हिलैहिलो उनी हिँडेको र त्यता नजान भनेको स्थानीयबासीले प्रहरीसँग बताएका छन् ।

खोलामा हराएको हुनसक्ने आशंकामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनको खोजी जारी राखेको काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरले अनलाइनखबरलाई बताए । प्रहरीका अनुसार बानियाँले लगाएको जुत्ता पनि भेटिएको छ, जसलाई बानियाँकी छोरीले बुबाकै भएको पुष्टि गरेकी छन् । पत्रकार बानियाँ कान्तिपुर दैनिकमा कार्यरत छन् ।

  • २८ श्रावण २०७७, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech