• ६ आश्विन २०७७, मंगलवार
सांसद डा. सूर्यनारायण यादवलाई कोरोना संक्रमण
  • स्टुडियाे संवाददाता

संघीय सांसद डा. सूर्यनारायण यादवलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित डा. यादवमा बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको हो । ६४ बर्षीय डा. यादव लामो समयदेखि जनकपुरधाममा निजी क्लिनिक संचालन गर्दै आएका छन् । बाल रोग विशेषज्ञ डा. यादव आफू अहिले स्वस्थ्य रहेको प्रतिक्रिया दिए । सांसद डा. यादवले क्लिनिकमा उपचार गराउन आएका महोत्तरीका एक जना बालकबाट आफूलाई कोरोना सरेको बताए ।

‘ती बालकलाई सिरियस अवस्थामा उपचारका लागि ल्याइएको थियो । शुरुमा झाडापखाला लागेका बालकमा पछि निमोनिया पनि पुष्टि भएको थियो’ डा. यादवले भने, ‘पछि कोभिड जाँच गराउन भन्दा पोजेटिभ आयो ।’ उनले ती बालकलाई आफैंले उपचार गरेका कारण आफ्नो जाँच गराउँदा समेत पोजेटिभ आएको बताए । ‘शंका लागेर नौ दिनअघिदेखि नै आइसोलेसनमा बसेर स्वाब जाँच गराउन दिएको थिएँ’ उनले भने, ‘शुरुमा एकदमै शरीर दुखेपनि अहिले स्वास्थ्य अवस्था सामान्य छ ।’

  • ३० श्रावण २०७७, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech