• ४ आश्विन २०७७, आईतवार
नेकपामा विवाद सुल्झाउन गठन भएको कार्यदलको बैठक सुरु
  • स्टुडियाे संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा जारी विवाद सुल्झाउन गठन भएको ६ सदस्यीय कार्यदलको बैठक सुरु भएको छ ।

कार्यदलका बैठक भैसेपाटीमा सुरु भएको र विवादित विषयमा सहमति खोज्न गृहकार्य भइरहेको एक नेताले जानकारी दिए ।

कार्यदलमा महासचिव विष्णु पौडेलसहित जर्नादन शर्मा, शंकर पोखरेल, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डे रहेका छन् ।

  • ३१ श्रावण २०७७, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech