• २ आश्विन २०७७, शुक्रबार
राष्ट्रिय झण्डा जलाउने आठ जना पक्राउ
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

युट्युबमा राष्ट्रिय झण्डा जलाएको गीत सार्वजनिक गरेसँगै सो कार्यमा संलग्न रहेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय अपराध महाशाखाको टोलिले झण्डा जलाउने कार्यमा संलग्न आठ जनालाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतले जनाएको छ ।

गीत सार्वजनिक गरेपछि काठमाडौँको स्वयम्भूमा लुकेर बसेको अवस्थामा प्रहरीले छ जनालाई सिआइबीकाे टाेलीले पक्राउ गरेको हो । गीतको परिकल्पनाकार मकवानपुरको वागमती गाउँपालिका वडा नं ३ का ग्याल्जेन शेर्पासहित आठ जनालाई पक्राउ गरेको सिआइबी स्रोतले बतायो ।

पक्राउ परेका अरुको नाम र ठेगाना अझै सार्वजनिक गरिएको छैन । पक्राउ परेका अधिकाँश काभ्रेपलाञ्चोक जिल्लाका रहेको प्रहरी स्रोतले बतायो । सिआइबीले केही समयमै पक्राउ परेकाहरूलाई महानगरीय प्रहरी परिसर पठाउने तयारी गरेको छ । सिआइबीको टोलीले गीतमा देखिएका र झण्डा जलाउने कार्यमा संलग्न छ जनालाई र दुई जना महानगरीय अपराध महाशाखाले गरी आठ जनालाई पक्राउ गरेको हो ।

  • ३ भाद्र २०७७, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech