पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय जना सहित ७०७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका छन् ।
यससँगै संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । उनीहरुमध्ये १२६ जनाको मृत्यु भएको छ भने १७ हजार ९६४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २६४ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।