सप्तरीका दुई कोरोना संक्रमितको बिहीबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।
सप्तरीको राजविराज नगरपालिका– ७ का ५० र ५५ वर्षका पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । ५५ वर्षीय पुरुषको सवा १ बजे र ५० वर्षका पुरुषको दिउँसो २ बजे मृत्यु भएको हो ।