बैतडिका संचारकर्मी महेश प्रसाद अवस्थीका २ महिने छाेरा शिवांस अवस्थीलाइ इन्जिनियर तथा नर्स रूम रिलाेडेड समुहले रू २३,४००/- सहयाेग गरेकाे छ ।
शिशुकाे कलेजाे खराब भएपछि उनलाइ अस्पताल भर्ना गरिएकाे थियाे । शिशुकाे कलेजाे प्रत्याराेपण गरिसकिएकाे तर अस्पतालमा रकम तिर्न बाकिँ रहेकाे र उनकाे परिवारकाे आर्थिक अवस्था कमजाेर भएकाले सहयाेग गरेकाे उक्त समुहका एक सदस्यले बताए ।
सहयाेग रकम बुधबार एनसिसि बैक, बैतडिकाे खातामा जम्मा गरेकाे बताए । यसअघि यस समुहले भाद्र १८ गते रामारोशन क्षेत्रमा आएको बाढी प्रभावित परिवारलाइ रू २०,०००/- रुपैयाँ आर्थिक सहयोग गरेकाे थियाे ।
करिब २६००० सदस्य रहेकाे यस समुहका सदस्यहरूबाट रू ४३,४००/- संकलन भएकाे थियाे । सहयाेग गर्ने सदस्यहरूकाे नाम उक्त समुहमा सार्वजनिक गरिएकाे उक्त समुहका एक सदस्यले बताए ।