• १४ मंसिर २०७७, आईतवार
यौनबारे अध्ययनबाट पत्ता लागेका यस्ता रोचक तथ्य, जसले तपार्ईंको दिमाग घुमाइदिन्छ
  • स्टुडियाे संवाददाता

सबैलाई थाहा छ– यौन मानव जीवनका लागि नभई नहुने कुरा हो । त्यही भएर पनि होला– यौनका विषयमा संसारमा कहीं न कहीं केही न केही घटना घटिरेका हुन्छन् । त्यस्ता घटनामध्ये कतिपय पत्याउन मुस्किल पर्नेखालका हुनछन् ।

आज हामीले यौनको विषयमा विभिन्न अनुसन्धानकर्ताहरूले पत्ता लगाएका केही रोचक तथ्य बटुलेका छौं ।

– विश्वभरमा दैनिक झन्डै १० करोड मानिसले यौन सम्बन्ध राख्छन् ।

–कन्डम निर्माता कम्पनी ‘डुरेक्स’का अनुसार मानिसहरू औसतमा दैनिक ०.२८, हप्तामा १.९८ र वर्षमा १ सय ३ पटकसम्म यौन सम्बन्ध राख्छन् ।

–गेडागुडी, फर्सीका बियाँ, केरा, स्ट्रबेरी, खरबुजा, आँप, एभोकाडो, खुर्सानी, मरिच, स्याम्पेन, चकलेटजस्ता खाद्य पदार्थले यौन क्षमता बढाउन मदत गर्छ ।

–यौन सम्पर्कका बेला महिलाको ७० देखि १ सय २० क्यालोरी शक्ति खर्च हुन्छ भने पुरुषको ७७ देखि १ सय ५५ क्यालोरी खर्च हुने पत्ता लागेको छ ।

–यौन सम्पर्क गर्नमा अमेरिकी र ग्रीक नगरिकहरू सबैभन्दा अगाडि देखिएका छन् । अध्ययनअनुसार अमेरिकीले एक वर्षमा १ सय २४ पटक र ग्रीकले एक वर्षमा १ सय १७ पटक यौन सम्बन्ध राख्छन् । त्यसैगरी, भारतीयले ७६ पटक र जापानीले ३६ पटक मात्रै यौन सम्पर्क गर्छन् ।

–अध्ययनअनुसार एक वर्षमा पुरुष सपना देखेर ९ पटक उत्तेजित हुन्छन् ।

–सन् २००४ मा पोर्न स्टार लिसा स्पाक्र्सले २४ घन्टामा ९ सय १९ जनासँग यौन समबन्ध राखेर कीर्तिमान राखेकी थिइन् ।
– विश्वभर ४२ लाख पोर्न वेबसाइट रहेका छन् । त्यसमा १० लाख सेक्ससम्बन्धी भिडियो हालिएको छ ।

–प्राचीन संस्कृत पुस्तक ‘कामसूत्र’मा विभिन्न ६४ सेक्स आसनबारे जानकारी दिइएको छ ।

–केही अफ्रिकी देशमा भने अहिले पनि कुमारी केटीसँग यौन सम्बन्ध राखे एड्स रोग निको हुन्छ भन्ने अन्धविश्वास रहेको छ ।

एजेन्सीको सहयोगमा

  • २२ पुष २०७४, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech