• ८ कार्तिक २०७८, सोमबार
पहिचान बदल्दै “कालाभुर”
  • भरत शर्मा

 

जाजरकोट । “कालो माटो, भत्केका कच्चि भवन, अव्यवस्थित कक्षा कोठा, अप्रयाप्त बस्ने ठाउँ तथा शैक्षिक सामाग्री” यहि अभाव नै दीपेन्द्र माध्यामिक विद्यालय कालाभुरको पहिचान थियो । वर्षादमा पानी र गर्मिमा घाम नछेक्ने भत्किएका भवनका छेद जस्तै विद्यालयको शैक्षिक तथा प्रशासनिक कुराहरुमा समेत सयौं भ्वाङ परेका थिए । राज्यको माथिल्लो तहमा पहँुच पुग्न नसकेका कारण नै विद्यालय विद्यालय जस्तो बन्न सकेको थिएन । देशमा भएको राजनितिक परिवर्तनसंगै केहि हदसम्म राज्यको ध्यान तान्न सफल कालाभुर विद्यालय छिमेकी विद्यालयको तुलनामा कान्छो मावि भएपनि कक्षा १२ सम्मको पढाई अरु विद्यालय भन्दा पहिले नै सुरु गर्यो ।

भौतिक संरचना तथा शिक्षक दरबन्दी अभाव र भएका दरबन्दीहरुमा पनि दक्ष जनशक्ति नहुनु जस्ता समस्याहरुको विचबाट समृद्धिको यात्रा तय गरेको यो विद्यालयले पछिल्लो समयम आफ्नो पहिचान बदल्दै छ । विद्यालयमा हाल निर्माण भएका २ वटा पक्कि भवनले उक्त विद्यालय प्रति सबैको ध्यान खिचेको छ । तत्कालिन जिल्ला शिक्षा कार्यालयको ४८ लाख बजेट बनेको पहिलो र कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको ५० लाख बजेटमा बनेको दोश्रो भवन जिल्लाकै उत्कृष्ट बनेको चर्चा चलेको छ । बजेट अनुसारको काम नहुने गुनासो बढिरहेको बेला यहाँ भने उत्कृष्ट काम भएको छ । उक्त भवनहरु प्रयोगमा आएपछि भवनको अभाव हटेको छ भने, यसले शैक्षिक तथा प्रशासनिक क्षेत्रको सुधारमा मद्दत गरेको छ ।

उक्त विद्यालयको पूर्व विद्यार्थी हुनुको नाताले म त्यहाँको समस्यासंग परिचित छु । भत्किएका भवन र चुहिने छानाका कारण कयन दिन पढाई छोडेर हिड्नु परेको थियो भने, कयन दिन पानीले भिजाएको थियो । कक्षा कोठा भित्र छाता ओडेर बसेको पनि याद आउछ हिजोआज । डेष्क, बेन्च नहुदा कहिले ढुंगा र स्याउला ओछ्याएर पढेको त, कहिने भाचिएका बेन्च भुईमा राखेर पढेको पनि याद छ । जेठ्मासमा हावा चल्दा कालो माटो उडाएर ओठ र दातसम्म पुर्याउथ्यो र अनुहार नै कालो बनाइ दिन्थ्यो । यस्तै घटनाले साथीहरुसंग जिस्कने ठाँउ मिल्थ्यो । धुलोका काराण एकै दिनमा विद्यालयको पोशाक लगाउन नमिल्ने गरेर मैलो हुन्थ्यो र बेलुका धोएर विहान लगाएको छु धैरै दिन । कहिलेकाँही त नसुकेका कपडा समेत लगाएर स्कुल जानु पथ्र्यो । स्कुलमा त्यो भन्दा ठुलो समस्या त खानेपानीको थियो । कयन दिन विद्यालयमा लागेको पानी प्यास घर पुगेर मेटाएको छु । विद्यालय भन्दा आधा घण्टा टाढा पानीको मुहान थियो । त्यहि मुहानमा पनि प्रयाप्त पानी पाइदैन्थ्यो । विद्यालय सहयोगीले ल्याएको धमिलो पानी पिएको छु धेरै दिन । तर अहिले विद्यालयको अवस्थामा आएको परिवर्तनले खुशि गराउछ । रहर लाग्दा भौतिक संरचनाहरु बनेका छन । २४ घण्टा बग्ने प्रयाप्त खानेपानी उपलब्ध छ । मजबुद बेष्क, बेन्च बनेका छन, केहि हदसम्म दरबन्दी अनुसारका पदपुर्ती भएका छन । यस कारण दीपेन्द्र मावि सम्वृद्धिको यात्रामा अगाडी बढेको छ ।

राज्यले सौताने व्यवहार गरेको कर्णाली प्रदेश अन्तरगत जाजरकोटको भेरी नगरपालिका वडा नं. ९ मा विक्रम संबत २०१९ सालमा स्थापना भएको विद्यालयले विसं २०३६ साल असोज ११ गते प्राथामिक तह संचालन अनुमति पाएको थिायो । निम्न माध्यमिक तह संचालन विसं २०५६ फागुन १३ गते अनुमति पाएको विद्यालयले माध्यमिक तह ९कक्षा १० सम्म० को अनुमति २०६३ माघ १० गते अनुमति पाई २०६४ मा पहिलो एसएलसी।उत्तिर्ण जनशक्ति तयार गरिएको थियो ।

विद्यालयले एस।एल।सी।उत्तिर्ण जनशक्ति उत्पादन गरेको पहिलो विद्यार्थी हुने सौभाग्य प्राप्त गरेको थिए मैले । कक्षाको प्रथम विद्यार्थी हुनुको नाताले हरेक गतिविधिमा संलग्न हुँदै समस्याहरुसंग नजिकबाट परिचित हुने मौका पाएको थिए ।

शैक्षिक सुधारका विषयमा होस वा अन्य कार्यक्रमहरुमा मेरो संलग्नता अनिवार्य तथा अर्थपुर्ण थियो । मैले त्यहि बेलादेखि नै हरेक क्षेत्रको नेतृत्व गर्ने अवसर पाएको थिए । हामीले त्यतिबेला राखेका केहि मागहरु अहिले पुरा भएको देख्दा खुशि लाग्छ । विषयगत शिक्षक उपलब्ध हुनुपर्ने, नियमित पठनपाठन हुनुपर्ने लगाएतका माग राखेर विद्यालय व्यवस्थापन समिति सहित प्रधानध्यापकलाई कार्यकक्षमा थुनेको अहिले पनि सम्झना छ । पछिल्ला दिनहरुमा खासै प्रगति गर्न नसके पनि मेरो नेतृत्वको पहिलो व्याजलाई तत्कालिन शिक्षकहरुले अहिले पनि सम्झिनु हुन्छ । हामी उत्कृष्ट नभए पनि हरेक कुरामा सक्रिय थियौं । सम्झिन्छु म पनि मलाई असाध्यै माया गर्ने शिक्षकहरु र साथीहरुलाई । समयले टाढा गराए पनि याद आउछन पुराना कुराहरु जसले मेरो वालापन रमाइलोसंग विताउन मद्दत गरे ।

बदलिदो परिवेश र समाजको आवश्यकतालाई महसुसगरी विसं २०६८ पौष २५ गते साविकको उच्च माध्यमिक तह ९कक्षा १२ सम्म० को अनुमति ल्याएर अर्को इट्टा थप गरेको विद्यालयमा हालसम्म शिक्षक दरबन्दी प्रयाप्त नहुदा समस्यामा नै छ । २०७४ सालसम्ममा कक्षा १–१२ सञ्चालनमा रहेकोमा भेरी नगरपालिकाको विद्यालय मर्ज गर्ने नीतिसंगै १–५ सूर्यज्योति घोरनेटा र शिवशक्ति लामाकाटियामा मर्ज भएको छ ।

विद्यालयले हाल भौतिक संरचनाको क्षेत्रमा मात्र नभई शैक्षिक गुणस्तरको क्षेत्रमा पनि सुधार गरेको छ । विद्यार्थीको विद्यालय अनुपस्थित संख्यामा व्यापक सुधार आएको छ भने, विद्यालय समय भरी सक्रियता पूर्वक सहभागिता हुन थालेको छ । नियमित अतिरिक्त क्रियाकलाप देखि प्रयोगात्मक कक्षाहरुमा समेत विद्यार्थीहरुको रुचि बढ्न थालेको छ । कम्प्युटर, विज्ञान लगाएतका ल्यावहरुले पनि विद्यार्थीलाई नियमित विद्यालय जाने बनाएका छन । विद्युतको केन्द्रिय प्रशारण लाइन पुगेपछि सूचना र प्रविधिको क्षेत्रमा समेत विद्यालयले फड्को मारेको छ । विद्यलायको आधिकारीक ईमेल तथा फेसबुक, ट्वीटर जस्ता सामाजिक संजालहरु प्रयोगमा आएका छन जसले गर्दा संबन्धीत निकायहरुमा पत्राचार गर्न मान्छे पुग्न पर्ने र विद्यालयको गतिविधिका बारेमा जानकारी लिनका लागि सरोकारवालाहरु सम्बन्धित ठाउँमै पुग्नु पर्ने बाध्यताको अन्य भएको छ । हाल विद्यालयमा हुने सूचना तथा जानकारी सामाजिक संजाल बाटै प्राप्त गर्न सकिन्छ । नागरीकको नजिकको सरकारको रुपमा रहेको स्थानीय तहको वडा कार्यालय समेत नजिकै रहेकोले विद्यालयमा थप निगरानी हुने गरेको छ ।

यति हुुँदाहुँदै पनि विद्यालयमा अझै केही अप्रयाप्तता भने नभएका होइनन् । विद्यालयमा पुस्तकालयका लागि आवश्यक भौतिक संरचना तयार छ तर, पुस्तक उपलब्ध हुन सकेका छैनन । युवा नेता तथा समाजसेवी निरज आचार्यको पहलमा कम्प्युटर ल्याव स्थापना गरिएको छ भने, विद्यालयले पुस्तकालय स्थापनाका लागि सहयोगको अपेक्षा गरेको छ । त्यस्तै विद्यालयमा घेराबार नहुँदा समस्या भएको छ । घेरावार नहुँदा विद्यालय क्षेत्र भित्र गाई बस्तु जाँदा बृक्षारोपन गरेका बोटबिरुवा खाइदिने, शैक्षिक सामाग्री चोरी हुने र विद्यार्थीहरुलाई नियन्त्रण गर्न समेत समस्या हुने गरेको विद्यालयको भनाई छ । विद्यालयमा खेल मैदानको समेत अभाव छ । ठाउँ प्रयाप्त भएपनि बजेट अभावमा निर्माण गर्न नसकिएको विद्यालयको भनाई छ । कुनै दाताबाट बजेट प्राप्त भएमा पुस्तकालयका लागि पुस्तक खरिद, पक्की घेराबार तथा खेलमैदान निर्माण पहिलो प्राथमिकतामा रहेको छ । हाल विद्यालयमा विद्यार्थीहरुको उच्च चापका कारण अधिकांश कक्षाहरुमा सेक्सन छुट्याउनु पर्ने भएको हुदा शिक्षक दरबन्दीको अभावले कक्षामा सेक्सन विभाजन हुन सकेको छैन । भौतिक संरचना निर्माण भएसंगै अव विद्यालयमा प्राविधिक विषयको पढाई हुनु पर्ने, स्थानीयको माग छ ।

प्रधानध्यापक सहित अधिकांश शिक्षक तथा प्रशासनिक कर्मचारीहरु स्थानीय भएका कारण विद्यालयको पहिचान बदलिदै गएको र सकारात्मक काममा स्थानीय अविभावकहरुको पनि भरपुर साथ सहयोग रहेकोले सकारात्मक परिवर्तन सम्भव भएको हो ।

  • २ चैत्र २०७७, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech